

विराटनगर — नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बिराटचौक अन्तर्गत केन्द्र नं. ९३ की केराबारी नगरपालिका–९, देवीझोडा निवासी सदस्य चन्द्रमाया फुयाललाई ग्राहक संरक्षण कोष अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ।
चन्द्रमाया फुयालका श्रीमानको निधन पश्चात संस्थाले प्रदान गर्ने ग्राहक संरक्षण कोषबाट नगद रू. १०,०००/- (दश हजार रुपैयाँ) संस्थाका शाखा प्रमुख भिम प्रसाद आचार्यको हातबाट वितरण गरिएको हो।
उक्त कार्यक्रम केन्द्र बैठकको अवसरमा आयोजना गरिएको थियो। बैठकको सञ्चालन तथा कार्यक्रमको सहजीकरण संस्था कर्मचारी यम कुमार कामतले गर्नुभएको थियो।
रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका अन्य सदस्यहरु, अभिभावक, तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो। संस्थाले यस्ता दुःखद परिस्थितिमा राहत स्वरूप प्रदान गरिने सहयोगले पीडित परिवारलाई केही मात्रामा सहजता मिल्ने विश्वास लिएको जनाएको छ।