कम्सल सामग्री प्रयोग, कानेपोखरी–४ मा बनेको ड्रेन निर्माण भत्काइयो

Logo
जय कामत प्रकाशित शनिबार, बैशाख २७, २०८२

विराटनगर — मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ मा ठेकेदार कम्पनीले कम्सल सामग्री प्रयोग गरेर निर्माण गरेको ड्रेन (नाली) भत्काउन गाउँपालिकाले बाध्य भएको छ। स्थानीयस्तरमा उठेको व्यापक गुनासोपछि शुक्रबार उपाध्यक्ष भोला प्रसाद अधिकारीको नेतृत्वमा अनुगमन टोली पुगेर सो ड्रेन भत्काएको हो।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा यादव, र इन्जिनियरहरूको उपस्थितिमा निर्माण भौतिक रुपमा कमजोर र मापदण्ड विपरीत देखिएपछि तत्काल भत्काइएको हो। “भोलि शनिबार जेसीबी लगाएर अझ १ सय मिटर ड्रेन भत्काउने तयारीमा छौं,” उपाध्यक्ष अधिकारीले जानकारी दिए।

स्थानीयवासीले निर्माणको सुरुवातदेखि नै गुणस्तरप्रति शंका व्यक्त गर्दै आएका थिए। तर ठेकेदार कम्पनीले गुनासोलाई बेवास्ता गर्दै काम अगाडि बढाएको आरोप छ। गाउँपालिकाले अब दोषी ठेकेदार कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

“जनताको कर तिर्ने पैसा यसरी खेर जान दिन सकिँदैन,” उपाध्यक्ष अधिकारीको भनाइ थियो।
स्थानीयस्तरमा सार्वजनिक विकास आयोजनामा हुने लापरबाही र अनियमितता यो घटना पछाडि पुनः एकपटक उजागर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश