कमला नदीमा अस्थायी बाँसको पुल पुनः सञ्चालनमा, सर्वसाधारणको आवतजावत सहज

Logo
जय कामत प्रकाशित शुक्रबार, बैशाख २६, २०८२

कमला नदीमा अस्थायी बाँसको पुल पुनः सञ्चालनमा, सर्वसाधारणको आवतजावत सहज

विराटनगर — धनुषा र सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदीमा मंगलबार आएको बाढीले बगाएको अस्थायी बाँसको पुल पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको छ। ठेकेदार कम्पनीले बुधबार नै बाँस र प्लाईवुड प्रयोग गरेर नयाँ अस्थायी पुल निर्माण गरेपछि सर्वसाधारणको आवतजावत केही सहज बनेको छ।

अस्थायी पुल बगाउँदा हुलाकी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू र स्थानीय बासिन्दा मारमा परेका थिए। सवारीसाधन त रोकिएका थिए नै, पैदल यात्रुहरू समेत नदी पार गर्न नसक्ने अवस्था सिर्जना भएको थियो।

“पुल बगाएको भोलिपल्टै पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको छ, तर यो समाधान दीर्घकालीन होइन,” स्थानीयवासी लक्ष्मण मण्डलले भने, “बारम्बार बग्ने यस्तो अस्थायी संरचनाले कहिलेसम्म धान्ने?”

प्रत्येक वर्षको मनसुनमा कमला नदीमा बाढी आउँदा अस्थायी पुल बग्ने क्रम जारी रहँदै आएको छ। स्थायी पुल निर्माणको प्रक्रिया निकै सुस्त भएकोप्रति जनस्तरमा गुनासो रहेको छ।

यात्रुहरू र स्थानीय बासिन्दाहरूले स्थायी तथा भरपर्दो पुलको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश