भोजपुर जाँदै गरेको बस धनकुटामा दुर्घटना, एकको मृत्यु, १३ घाइते

Logo
जय कामत प्रकाशित सोमबार, बैशाख २२, २०८२

विराटनगर — धरानबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटा नगरपालिकाको गोठगाउँमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

धनकुटा प्रहरीले जनाए अनुसार धरानबाट छुटेको उक्त बस धनकुटा–६ स्थित गोठगाउँमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णा कुमारी राई भुजेलको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। बाँकी घाइतेहरूको उपचार जिल्ला अस्पताल धनकुटामा भइरहेको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश