मोरङमा चोरी प्रकरणमा संलग्न एक व्यक्ति पक्राउ, चोरी भएका गरगहना बरामद

Logo
जय कामत प्रकाशित आइतबार, बैशाख २१, २०८२

विराटनगर – मोरङ जिल्लाको विराटनगर महानगरपालिका र बुढीगंगा आसपासका क्षेत्रमा बढ्दै गएका घर, पसल तथा पार्टी प्यालेसहरूमा भएका चोरी घटनामा संलग्न एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मिति २०८२ साल वैशाख १९ गते विराटनगरको रंगशाला क्षेत्रबाट २७ वर्षीय सुमन तोलाङगीलाई पक्राउ गरिएको हो। उनी विराटनगर महानगरपालिका वडा नम्बर २ निवासी राजु तोलाङगीका छोरा हुन्।

प्रहरीको भनाइअनुसार, विराटनगर–३ स्थित साजन पार्टी प्यालेसको कार्यालय कोठाबाट सुनको तीन तोला गहना र नगद दुई लाख रुपैयाँ चोरी भएको उजुरी २०८१ साल फागुन २९ गते दर्ता भएको थियो। यस्तै, बुढीगंगा गाउँपालिका–१ निवासी नवराज भट्टराईको घरबाट समेत सुनका गरगहना, नगद तथा अन्य सामान चोरी भएको उजुरी २०८१ साल वैशाख १० गते दर्ता भएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरी टोलीले घटनास्थलको सीसीटिभी फुटेज विश्लेषण गर्दै जाँदा तोलाङगीको संलग्नता पुष्टि भएको जनाइएको छ। उनलाई पक्राउ गरी घरको तलासी लिँदा नवराज भट्टराईको घरबाट चोरी भएका सुनका गरगहना राखिएको बट्टा समेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरूमा ३ थान औंठी राख्ने बट्टा, १ थान सिक्री राख्ने बट्टा र १ थान पोते राख्ने बट्टा रहेका छन्।

हाल पक्राउ परेका तोलाङगीविरुद्ध जाहेरी दर्ता गरी ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश