रामधुनीमा एम्बुलेन्सबाट १८० केजी लागू औषध गाँजा बरामद, चालक पक्राउ

Logo
जय कामत प्रकाशित आइतबार, बैशाख २१, २०८२

विराटनगर  — सुनसरीको रामधुनी नगरपालिका–६ पिडारीस्थित क्षेत्रमा प्रहरीको संयुक्त टोलीले एक भारतीय नम्बरको एम्बुलेन्सबाट १८० केजी लागू औषध गाँजा बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ईटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त टोलीले राति १० बजे उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार BR38P5414 नम्बरको भारतीय एम्बुलेन्सलाई हाईवे निस्कने सम्पूर्ण सडक ब्लक गरेर जाँच गर्दा कालो प्लास्टिकमा सेतो बोरा भित्र राखिएको अवस्थामा ३०–३० केजीको ६ वटा बोरा फेला परेका थिए, जसमा जम्मा १८० केजी गाँजा जस्तो देखिने लागू औषध थियो।

उक्त एम्बुलेन्सका चालक सुनसरी बराहक्षेत्र नगरपालिका–४ निवासी २५ वर्षीय श्रीराज कुमार साहलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले एम्बुलेन्स प्रयोग गरेर लागू औषध ओसारपसार गर्ने गिरोहको खोजी तीव्र पारिएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश