बाढी तथा डुवान उद्दार अनुशिक्षण तालिम सम्पन्न

Logo
जय कामत प्रकाशित बिहिबार, बैशाख १८, २०८२

विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा वैशाख १० गतेदेखि सञ्चालित बाढी तथा डुवान उद्दार अनुशिक्षण तालिमको प्रथम समूहको तालिम आज सम्पन्न भएको छ। सात कार्यदिवससम्म सञ्चालन भएको उक्त तालिमको समापन समारोह कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापन समारोहमा बोल्दै वरिष्ठ उपरीक्षक दाहालले प्रशिक्षार्थीलाई विपद् व्यवस्थापनका क्षेत्रमा प्राप्त ज्ञान र सीपको प्रभावकारी प्रयोग गर्दै नागरिकको जीवन र सम्पत्ति जोगाउनुपर्नेमा जोड दिनुभयो। उहाँले उद्दार कार्यमा प्रहरी स्वयम् सुरक्षित रहेर खटिनुपर्ने आवश्यकता औँल्याउँदै, तालिमबाट प्राप्त दक्षता विपद्को घडीमा नागरिक सेवामा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक विकास राईले तालिमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रहरी उपरीक्षक आ. हरी ढंगोल, अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, र प्रहरी कर्मचारीहरुको उपस्थिति थियो।

प्रशिक्षार्थीलाई तालिम अवधिमा आन्तरिक तथा वाह्य प्रशिक्षकद्वारा पौडी, राफ्टिङ, नदी पार गर्ने अभ्यास, तथा जल उद्दार लगायतका बाढी तथा डुवान सम्बन्धी विभिन्न सीपमूलक अभ्यासहरु गराइएको थियो।

यस तालिमले प्रहरीलाई विपद् व्यवस्थापनमा थप सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश