

सुन्दरहरैचा – नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बिराटचोक अन्तर्गत केन्द्र नं. ११०, सुन्दरहरैचा नगरपालिका वडा नं. ०७ की सदस्य देवी बस्नेतका श्रीमान स्व. टिकाराम बस्नेत तथा सोही केन्द्रकी सदस्य बिमला गिरीका ससुराको असामयिक निधन भएको अवस्थामा बीमा तथा ग्राहक संरक्षण कोष बापतको आर्थिक सहयोग रकम प्रदान गरिएको छ।
सो अवसरमा पिडित सदस्य देवी बस्नेतलाई बीमा बापत रू. ६५,०००/- र ग्राहक संरक्षण कोष अन्तर्गत रू. ५,०००/- गरी जम्मा रू. ७०,०००/- नगद हस्तान्तरण गरिएको हो। उक्त रकम शाखा प्रमुख श्री भीम प्रसाद आचार्यको हातबाट वितरण गरिएको थियो।
कार्यक्रमको सहजीकरण केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी श्री यम कुमार कामतले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रका सदस्यहरू, अभिभावक तथा स्थानीयहरूको उपस्थिति रहेको थियो। संस्थाले पिडित परिवारप्रति समवेदना व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।