माओवादी केन्द्र विराटनगरको अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत, पदाधिकारी चयनमा सहमतिको प्रयास

Logo
जय कामत प्रकाशित सोमबार, बैशाख ०८, २०८२

विराटनगर – नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनमा ३५६ जना प्रतिनिधिहरू सहभागी भएका थिए।

सर्वसम्मत कार्यसमिति चयन भए पनि पदाधिकारी चयन भने केही समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। माओवादी केन्द्र विराटनगरका इन्चार्ज तथा निर्वाचन समितिका सदस्य भोगेन्द्र यादवका अनुसार कार्यसमिति निर्वाचित भएसँगै पदाधिकारी टुंगो लगाउने काम अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको छ।

अध्यक्ष पदका लागि हाल तीन जना आकांक्षी छन् – वर्तमान सचिव नमिता न्यौपाने, उपाध्यक्षहरू दिनेश कुमार राजवंशी र ज्ञानु भट्टराई। उपाध्यक्ष पदमा ९ जना आकांक्षी देखिएका छन् भने सचिव पदमा केपी चौलागाई, आजम प्रवेज र पुष्पराज भट्टराईको नाम अगाडि आएको छ।

सहसचिव पदमा आठ जनाले आकांक्षा व्यक्त गरेका छन्, जसमा मोहन ढकाल, भरत गिरी, सोनु केवट, राज यादव, विनोद यादव, द्वारिका रेग्मी, चम्पा कार्की र राजेन्द्र थापा मुख्य प्रतिस्पर्धीका रूपमा छन्।

कोषाध्यक्ष पदमा भने कुनै प्रतिस्पर्धा नभएपछि मनिष सोनी एकल दावीसहित सर्वसम्मत हुने पक्का भएको निर्वाचन समितिले जनाएको छ।

हाल ८१ सदस्यीय कार्यसमितिमा थप १८ सदस्य मनोनयनमार्फत समावेश गरिनेछ। यसरी ९९ सदस्यीय कार्यसमिति तयार हुनेछ, जसमा ७ पदाधिकारी रहनेछन् – अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १।

पदाधिकारी चयनमा आकांक्षीहरूको संख्या धेरै भएका कारण सहमतिको प्रयास भइरहेको एक प्रतिनिधिले जानकारी दिए। उनका अनुसार, “कार्यसमितिमा सबैको सहमति भएकाले पदाधिकारी पनि मिलेर चयन गर्ने प्रयास भइरहेको छ, जसका लागि एक हप्ताको समय दिइएको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश