

बिराटनगर । आज बिहान अछाम जिल्लाको बतुलासेन आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६:३३ बजे स्थानीय परिमाण (ML) ४.३ को भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु बतुलासेन आसपास रहेको बताइएको छ। हालसम्म कुनै क्षति भएको जानकारी छैन। तर, भूकम्पको झट्का अछाम तथा छिमेकी जिल्लामा समेत महसुस गरिएको जनाइएको छ।
सम्बन्धित निकायहरू भूकम्पपछिको अवस्थाबारे थप विवरण सङ्कलन गरिरहेको छन्।