नक्कली प्रहरी निरीक्षक पक्राउ, ठगी आरोपमा अनुसन्धान जारी

Logo
सुशान्त खबर प्रकाशित मंगलबार, माघ २९, २०८१

 

बिराटनगर – प्रहरी बनेर ठगी गर्ने एक युवक पक्राउ परेका छन्। जिल्ला सुनसरी इनरुवा नगरपालिका–६ का २२ वर्षीय विनोद दाहाललाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ।

दाहालले लागुऔषध मुद्दामा म्याद थप भई हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई मुद्दा मिलाइदिने भन्दै उनकी आमा लीला विश्वकर्मासँग २५,००० रुपैयाँ लिइसकेको र थप १५,००० रुपैयाँ माग गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

लीला विश्वकर्माले इलाका प्रहरी कार्यालय पकलीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले २०८१ माघ २६ गते दिउँसो १ बजे इटहरी उपमहानगरपालिका–१७, लायन्सचोकबाट दाहाललाई नगद रकम लिइरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई साथमा रहेको मोबाइलसहित नियन्त्रणमा लिइएको छ।

हाल सम्मानित जिल्ला अदालत, सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश