यात्रुको ल्याप्टप र नगद फिर्ता गर्ने सिटी सफारी चालक सम्मानित

Logo
सुशान्त खबर संवाददाता प्रकाशित शुक्रबार, जेठ १५, २०८३

विराटनगर :-  सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार र मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा सञ्चालन गरिएको “सुरक्षित चालक” अभियानअन्तर्गत एक इमान्दार सिटी सफारी चालकलाई सम्मान गरिएको छ।


अभियानमा दर्ता भएका सुरक्षित चालक नम्बर ९७० रमेश कामतले आफ्नो सिटी सफारीमा छुट्न गएको यात्रुको ल्याप्टप, नगद रु. ३० हजार तथा एटीएम कार्डहरू सहितको झोला फेला पारी सुरक्षित रूपमा सम्बन्धित यात्रुलाई फिर्ता गरेका थिए।
उनले उच्च इमान्दारिता, नैतिकता र मानवताको उदाहरण प्रस्तुत गर्दै जिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै बिहीबार आयोजित एक कार्यक्रमबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो।


ट्राफिक प्रहरीले सुरक्षित चालक अभियानमार्फत सवारी चालकहरूमा जिम्मेवारीबोध, अनुशासन र सेवामुखी भावना विकास गर्ने उद्देश्य राखिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश