सुनसरीको दुहबीमा करम पूजा भव्यताका साथ सम्पन्न

Logo
जय कामत प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

बिराटनगर। सुनसरी जिल्लाको दुहबी १२, उराबैमा रहेको सांस्कृतिक समाजद्वारा आयोजित करम पूजा संस्कृतिक कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा दुहबी नगरपालिकाका नगर प्रमुख श्री बेद नारायण गच्छदारको उपस्थिति रहेको थियो भने बिष्ट अतिथिका रूपमा दुहबी नगरपालिकाकी उपप्रमुख श्री मैनुका खतीवाडाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा दुहबी नगरपालिकाको वडा नं. ७ का अध्यक्ष श्री राम चन्द्र चौधरी र वडा नं. १२ का अध्यक्ष श्री सचीकान्त्री दिपेश खडका पनि सहभागी थिए। अन्य विशिष्ट अतिथिहरूमा श्री रामा थापा, श्री ललिता चौधरी, र श्री तार देळी रिशिदिवको उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रमको सफल आयोजना प्रगति कृषक समूहका अध्यक्ष श्री इशर कुमार कटवालको नेतृत्वमा सम्पन्न भयो।

विभिन्न सांस्कृतिक प्रस्तुति र परम्परागत पूजापाठले भरिपूर्ण यस कार्यक्रमले स्थानीय समुदायलाई एकजुट पार्न महत्वपूर्ण भूमिका खेलेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले यस पर्वको सांस्कृतिक महत्त्व र स्थानीय समुदायमा यसको योगदानको चर्चा गरेका थिए। यस कार्यक्रमको अध्यक्ष धिरज उराउले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश