स्मार्ट लाइसेन्स’ प्राप्त गर्न तीन वर्षसम्म पर्खनुपर्ने समस्याको अन्त्य

Logo
सुशान्त खबर प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरिएको छ। इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बुधबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अस्थायी लाइसेन्स वितरणको सुरुवात गरे।

यससँगै ‘स्मार्ट लाइसेन्स’ प्राप्त गर्न तीन वर्षसम्म पर्खनुपर्ने समस्या अन्त्य भएको छ। गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले स्थायी कार्ड प्रदेशमै छाप्ने र त्यसमा लाग्ने समयसम्म क्यूआर कोडसहितको अस्थायी सवारी चालक अनुमति पत्र वितरण गर्ने निर्णय गरेको थियो।

कोशी प्रदेशमा अस्थायी कार्ड वितरण सुरु भए पनि यस कार्डको अवधि १ वर्षको हुने जनाइएको छ। प्रदेशभरका ७ वटा यातायात व्यवस्था सेवा कार्यालयबाट अस्थायी लाइसेन्स वितरणको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश