मिथिलाके बेटी भाग २’ को विमोचन सुनसरीमा हुने तयारी

Logo
सुशान्त खबर प्रकाशित बिहिबार, भाद्र २७, २०८१

सुनसरी । मैथिली र मधेसी समुदायको जनजीवन र छोरी-चेलीहरूले भोग्दै आएको पीडालाई चित्रण गर्दै तयार पारिएको मैथिली गीत ‘मिथिलाके बेटी भाग २’ को भदौ २८ गते सुनसरी सदरमुकाम इनरुवामा विशेष समारोहबीच विमोचन हुने तयारी भइरहेको छ। यो गीत विशेष रूपमा छोरीमाथि हुने अन्याय र अत्याचारलाई उजागर गर्न निर्माण गरिएको छ।

कलाकार तथा साहित्यकार झोटन मेहताको रचना रहेको यस गीतमा हरुन रसिदको संगीत रहेको छ भने गायनमा चर्चित कलाकार बिरेन्द्र झा र माला राजबंसीले आवाज दिएका छन्। गीतमा समाजले भोगिएका यथार्थलाई कला र संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीतमा अभिनय गर्ने कलाकारहरूमा रविना बिक, विजय माली, रञ्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरी लगायतका बहुभाषिक कलाकारहरूको सहभागिता रहेको छ। छायांकन सुजित शाहले गरेका छन् भने सम्पादनको जिम्मा पर्शुराम चौधरीले लिएका छन्। रंग संयोजनमा रेनु चौधरीको योगदान रहेको छ।

यस अवसरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. सरोज सिंहलाई विशेष  सम्मान प्रदान गरिनेछ। साथै, गीतका कलाकार, मोडलहरू, र पत्रकार देवराज यादव र जयकृष्ण यादवलाई पनि सम्मान गरिनेछ। गीतको निर्माणमा बहुभाषिक चलचित्र महासंघले प्राविधिक सहयोग पुर्‍याएको छ।

गीतको विमोचनले मैथिली संगीत क्षेत्र र समाजमा छोरीचेलीहरूको समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश