जिल्ला प्रसाशन कार्यालय नजिकै बाट श्रोत नखुलेको१६ लाख १० हजार रुपैयाँ सहित मानिसलाई पक्राउ

Logo
सुशान्त खबर प्रकाशित मंगलबार, पुष ०३, २०८०

विराटनगर:- सशस्त्र प्रहरीले एकजना मानिसले शरीरको विभिन्न भागमा लुकाई राखेको श्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ सहित मानिसलाई पक्राउ गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत कुमार वि.क. को कमाण्डमा खटेको ७ जनाको गस्ती टोलीले विराटनगर महानगर पालिका को वडा नं ७ स्थित जिल्ला प्रसाशन कार्यालय नजिकै बाट विराटनगर -१५ बस्ने वर्ष ४२ को लक्ष्मण साह को शरीरमा विभिन्न भागमा लुकाई ल्याएको रकम सहित पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
लक्ष्मण साह ले भारत को जोगवनीबाट को.१ प.४४३४ नं को मोटरसाइकलमा हुन्डी को रुपैयाँ अवैध रुपमा नेपाल ल्याइरहेको सूचनाको आधारमा साहलाई पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरीले प्राप्त गरेको सूचनाको आधारमा साहलाई चेक जाँच गर्दा सोही अनुसार भेटिएको हुनाले सीमा सुरक्षा गुल्म रानीबाट थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय हुन्डी कारोबारीहरुले खुला सिमानाको फायदा उठाउँदै नयाँ तरिकाहरू अपनाउन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश