विराटनगरको  कवाडी गोदाममा भएको आगलागीमा परी ३ जनाको मृत्यु

Logo
सुशान्त खबर प्रकाशित बुधबार, मंसिर २०, २०८०

विराटनगर  विराटनगरको  कवाडी गोदाममा भएको आगलागीमा परी ३ जनाको मृत्यु भएको छ ।

आज दिउँसो भएको आगलागीमा परी घाइते भई अस्पतालमा उपचार गराइरहेका ५ जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डल र २ महिला गर्री ३ जनाको मृत्यु भएका छन् । एकजनामहिला आगोमै जलेर मृत्यु भएको हो ।

उपचार गराईरहेका १ जनाको अवस्था गम्भीर तथा २ जनाको अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैँचा, देवानगञ्ज,बर्जु गाउँपालिकाको दमकल, स्थानीय ,  नेपाल प्रहरी, शस्सत्र प्रहरी, र नेपाली सेनाको टोलिको सहयोगमा  आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश