

विराटनगर : धनगढी बाजुरामा बलात्कार काण्ड घटाएर भागेका एक युवक नेपालगञ्जमा समातिएका छन्। बाजुरास्थित जगन्नाथ गाउँपालिका-६ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुरा स्रोतले बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला ल्याउन लागिएको जानकारी दिएको छ।
प्रहरीका अनुसार उनी एक एकल महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। उनले नातामा हजुरआमापर्ने महिलालाइ भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो।
उनी जाँड खाएर एकल महिलाको घरमा पसेको प्रहरीको अनुसन्धान बाट कुलेको हो। त्यसपछि उनकै घरका सदस्यसमेत आएर आफूमाथि कुटपिट पनि गरेको महिलाको भनाई छ।कुटपिटबाट आफू घाइतेभएको बताइन ३ दिनपछि मात्रै होस आएको महिलाले बताइन । कुटपिटबाट उनको शरीरमा निलडाम परेको छ ।
यता जिप्रका बाजुराले पनि उक्त विषयमा उजुरी प्राप्त भइसकेको भन्दै आरोपितलाई पक्राउ गरेर जिल्ला ल्याउन लागेको जनाएको छ। यश बिसयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।