विराटनगर – नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बरगाछीले बीमा तथा ग्राहक संरक्षण कोषअन्तर्गत दुई सदस्य परिवारलाई राहत रकम वितरण गरेको छ।
संस्था अन्तर्गत केन्द्र नं. १३१, विराटनगर–६ की सदस्य पुनिता सहनीका श्रीमानको निधन तथा केन्द्र नं. ११९, दुहबी–७ की सदस्य लियान कुमारी थारूको असामयिक निधन भएपछि पीडित परिवारलाई आर्थिक सहयोगस्वरूप उक्त रकम प्रदान गरिएको हो।
रकम वितरण कार्यक्रम प्रदेश प्रमुख श्री शम्भु घिसिङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी रामप्रसाद ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा केन्द्रका सदस्यहरू, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बीमा तथा ग्राहक संरक्षण कोषबाट पुनिता सहनीको परिवारलाई रु. ३ लाख २५ हजार तथा लियान कुमारी थारूको परिवारलाई रु. १ लाख १० हजार नगद रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। उक्त अवसरमा बोल्दै प्रमुख अतिथि घिसिङ्गले दुःखको घडीमा वित्तीय संस्थाबाट प्राप्त यस्तो सहयोगले पीडित परिवारलाई ठूलो राहत मिल्ने बताउनुभयो।