विराटनगर _ एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–२ निवासी सत्यनारायण साफीलाई एम्बिसन एकेडेमी, सिरहाले शुभकामना सहित २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाली काँग्रेसका जिल्ला नेता तथा एम्बिसन एकेडेमीका संस्थापक रामकिशोर यादवले सत्यनारायणको उच्च शिक्षा अध्ययनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए। उनले सीमित साधन–स्रोतका बाबजुद मेहनत र लगनशीलताका साथ एमबीबीएस जस्तो प्रतिस्पर्धात्मक विषयमा सफलता हासिल गर्नु प्रेरणादायी रहेको बताए।
सहयोग प्राप्त गरेपछि सत्यनारायण साफीले एम्बिसन एकेडेमी परिवार तथा सहयोगदाताप्रति आभार व्यक्त गर्दै अध्ययनमा अझ मेहनत गरेर समाज र देशको सेवामा समर्पित हुने प्रतिबद्धता जनाए।