पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

Logo
जय कामत प्रकाशित मंगलबार, पुष ०८, २०८२

विराटनगर — पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहान विराटनगर–९ स्थित आफ्नै निवासमा उनको निधन भएको परिवारले जनाएको छ।

परिवारका सदस्य जस्मिन मण्डलका अनुसार मण्डलको पार्थिव शरीर अन्त्येष्टिका लागि जहँदा गाउँपालिकास्थित मझारेमा रहेको उनको पुर्खौली घरमा पुर्‍याइएको छ। अन्त्येष्टि कार्यक्रम पारिवारिक तथा धार्मिक परम्पराअनुसार सम्पन्न गरिने बताइएको छ।

मण्डल राजतन्त्र र हिन्दुत्वका पक्षधर नेताका रूपमा चिनिन्थे। २०४६ सालअघि उनी राजा पक्षधर थिए भने प्रजातन्त्र स्थापना भएपछि नेपाल सद्भावना पार्टीको नेतृत्व सम्हालेका थिए। सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्र नारायणसिंहको निधनपछि मण्डलले पार्टीको नेतृत्व गरेका थिए।

पछि उनी पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थन गर्दै राजनीतिक रूपमा सक्रिय रहे र सोही क्रममा उपप्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाले। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पनि उनलाई वरिष्ठ नेताका रूपमा सम्मान दिएको थियो।

स्वर्गीय मण्डलका दुई श्रीमती, चार छोरा र तीन छोरी छन्। चार छोरामध्ये एक छोराको यसअघि नै निधन भइसकेको छ।

उनको निधनले मधेसकेन्द्रित राजनीति र राजतन्त्र समर्थक धारले एक अनुभवी नेता गुमाएको राजनीतिक वृत्तले टिप्पणी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश