विराटनगर — मोरङ जिल्लाको कटहरी गाउँपालिका–४ रिङरोडस्थित क्षेत्रमा आज दिउँसो करिब १४ः२५ बजे प्रहरी चौकी कटहरीबाट खटिएको चेकजाँच टोलीले १० केजी लागूऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बाङगे चौकबाट जामुनगाछी तर्फ आउँदै गरेको प्र १–००२–००४ ह २५४० नम्बरको सिटी सफारीलाई शंका लागेपछि रोकी चेकजाँच गर्दा झोलामा प्लास्टिकमा प्याक गरिएको अवस्थामा १० केजी गाँजा फेला परेको हो। उक्त गाँजा जिल्ला मोरङ, जहदा गाउँपालिका–७ महादेव टोलका २० वर्षीय शसी मण्डलले बोकेको प्रहरीले जनाएको छ।
गाँजा बरामद गरिएको सिटी सफारीसहित मण्डललाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याइएपछि घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।