

विराटनगर । न्याय सेवा आयोगले देशभरका २१ जिल्लामा रिक्त रहेका न्यायाधीश पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै उक्त पद पूर्तिका लागि उम्मेदवारहरूलाई ३० दिनभित्र आवेदन दिन आग्रह गरेको हो ।
सूचनाअनुसार आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी/जनजाति २ र मधेसी १ गरी कुल २१ न्यायाधीश माग गरिएको छ ।
आयोगले दरखास्त शुल्क तोकेको छ । आन्तरिक खुला र खुला कोटाका लागि २ हजार रुपैयाँ दस्तुर लाग्नेछ भने समावेशी कोटामा आवेदन दिन थप ५ सय रुपैयाँ दस्तुर छुट्टै तिर्नुपर्नेछ ।