३८ क्विन्टल सुन काण्डका मुख्य अभियुक्त ‘गोरे’ कारागारबाट फरार

Logo
जय कामत प्रकाशित बिहिबार, भाद्र २६, २०८२

विरातलगर ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका चूडामणि उप्रेती ‘गोरे’ मंगलबार कारागारबाट फरार भएका छन्। सुन्धारा स्थित केन्द्रीय कारागारबाट उनी राजधानीमा भड्किएको प्रदर्शनको मौका छोपेर भागेका हुन्।

कारागार स्रोतका अनुसार गोरेसँगै अन्य थुप्रै कैदीबन्दीहरू पनि फरार भएका छन्। भीडको उथलपुथल र सुरक्षामा देखिएको कमजोरीका कारण उनीहरू भाग्न सफल भएको प्रारम्भिक जानकारी आएको छ।

गोरे सुन तस्करी गिरोहका मुख्य नाइकेका रूपमा चिनिन्छन्। उनलाई ३८ क्विन्टल सुन तस्करी र सोही प्रकरणमा सनम शाक्यको हत्या अभियोगमा अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

सुरक्षा निकायले फरार कैदीहरूको खोजी तीव्र पारिएको जनाएको छ। प्रहरीका उच्च अधिकारीहरूले घटनालाई गम्भीर रूपमा लिँदै तत्काल अनुसन्धान टोली खटाइएको र दोषीको खोजीमा व्यापक अपरेसन सुरु गरिएको बताएका छन्।

यस घटनाले देशको जेल सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने फरार कैदीहरूलाई शीघ्र पक्राउ गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश