मन्त्री प्रकाशमान सिंहद्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण, निर्माण कार्य तीव्र गतिमा

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र २२, २०८२

विराटनगर— शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको आइतबार निरीक्षण गरेका छन्। निर्माण कार्य ढिला भएकाले दैनिक २ लाख रुपैयाँ हर्जाना तिरेर अघि बढिरहेको परियोजनाको अवस्था बुझ्न मन्त्री सिंह मैदानमा पुगेका हुन्।

हाल मैदानको प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने फ्लडलाइट जडानको काम सुरु गरिएको छ। निरीक्षणका क्रममा निर्माण कम्पनीका प्रतिनिधिहरूले मन्त्री सिंहलाई हालसम्मको प्रगति र बाँकी कामबारे जानकारी गराएका थिए।

भदौ मसान्तसम्म प्यारापिट निर्माण सम्पन्न हुने

निर्माण कम्पनीका अनुसार भदौ मसान्तसम्म प्यारापिटको सम्पूर्ण निर्माण कार्य पूरा हुनेछ। तर, फ्लडलाइट जडानका लागि आवश्यक उपकरणहरू अझै नआएकाले त्यो काममा अझै एक महिना लाग्ने अनुमान गरिएको छ।

निर्माण ढिलाइका कारण ठेकेदार कम्पनीले दैनिक हर्जाना तिर्नुपरेको छ। मन्त्री सिंहले कामको गुणस्तरमा सम्झौता नगरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले भने, “निर्धारित म्यादभित्र काम सक्नुपर्ने सरकारको स्पष्ट नीति छ। ढिलाइ सह्य हुनेछैन।”

त्रिवि क्रिकेट मैदान नेपाल क्रिकेटको केन्द्रस्थल मानिन्छ। अन्तर्राष्ट्रिय स्तरको सुविधा बनाउने उद्देश्यसहित यसको स्तरोन्नति भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश