ललितपुरमा मन्त्री सवार गाडीले बालकलाई ललितपुरमा मन्त्री सवार गाडीले बालकलाई ठक्कर, सडक अबरुद्ध

Logo
जय कामत प्रकाशित शनिबार, भाद्र २१, २०८२

विराटनगर  — कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि ललितपुरको हरिसिद्धि सडक केही समय अवरुद्ध भएको छ।

शनिबार बिहान हरिसिद्धि सडकको उकालोमा मन्त्री सवार गाडीले बालकलाई ठक्कर दिँदा घाइते भएका उनलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारपछि उनको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारेका थिए। यसले गर्दा एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक केही समयका लागि जाम भएको थियो।

प्रहरीले परिस्थिति नियन्त्रणमा ल्याएर सडक सञ्चालनमा ल्याएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश