

विराटनगर– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सेवा विस्तार गर्दै विराटनगर–३, कञ्चनवारीमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीका कार्यालयहरूको संख्या ३५ पुगेको छ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रीति देवले पानसमा वत्ति बाल्दै रिबन काटेर कार्यालय उद्घाटन गर्नुभयो। सो अवसरमा कम्पनीका कोशी प्रदेश प्रमुख धना भट्टराई, सहायक प्रबन्धक टेक प्रसाद गुरागाईलगायतले मन्तव्य राख्दै बीमा सेवामार्फत लक्षित वर्गसम्म पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वि.सं. २०७९ मा स्थापना भएको यस कम्पनीले देशका दुर्गम तथा ग्रामीण भेगसम्म बीमा सेवा पु¥याउँदै आएको छ।