ट्राफिक प्रहरी पोष्ट निमुवा मोरङले १ सय भन्दा बढि सिटीसफारीका चालकलाई ट्राफिक नियमबारे सचेतना

Logo
जय कामत प्रकाशित सोमबार, आश्विन ०१, २०८०

विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवा मोरङले १ सय भन्दा बढि सिटीसफारीका चालकलाई ट्राफिक नियमबारे सचेतना गराएका छन् ।

मुख्य सडक मार्गदेखि सहायक सडक मार्गमा सिटीसफारी चलाउँदा चालकले पालना गर्नुपर्ने सवारी साधन नियमका बारेमा सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अन्तर्गतको निमुवा ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक तुलामणी आचार्यले सिटीसफारीका चालकलाई आफ्नो र सिटीसफारीमा यात्रा गर्ने सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि सवारी नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने सचेतनामुलक कार्यक्रममा प्रशिक्षण प्रदान दिएको छ ।

बुढिगंगा गाउँपालिका ३ बाँसवारी स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा आयोजित सचेतनामुलक प्रशिक्षण कार्यक्रममा बुढिगंगा गाउँपालिकका अध्यक्ष जितु थापा मगरको सहभागिता रहेको थियो । अखिल नेपाल यातायात मजदुर संग बुढिगंगा गाउँपालिका कमिटिले सिटीसफारी चालकलाई सचेतनामुलक प्रशिक्षण कार्यक्रममा सहभागिता गराउने पहलकदमी लिएका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश