

विराटनगर – नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय विराटचोक अन्तर्गत केन्द्र नं. २६, बेलबारी नगरपालिका–३ की रीना खातुनलाई संस्थाले ग्राहक संरक्षण कोषबाट राहतस्वरूप नगद रकम प्रदान गरेको छ।
रीना खातुनको हात भाँचिएर शल्यक्रिया गरिएकाले संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत राहत स्वरूप रू. ५,०००/- नगद रकम वितरण गरेको हो। उक्त रकम शाखा प्रमुख भीमप्रसाद आचार्यको हातबाट खातुनलाई प्रदान गरिएको थियो।
सो अवसरमा केन्द्रका सदस्यहरू, अभिभावक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन र सहजीकरण शाखाका कर्मचारी यमकुमार कामतले गरेका थिए।
संस्थाले आपतकालीन अवस्थामा ग्राहकलाई सघाउने उद्देश्यले स्थापना गरिएको ग्राहक संरक्षण कोष अन्तर्गत विभिन्न स्वास्थ्य तथा पारिवारिक आपतमा राहत उपलब्ध गराउँदै आएको छ।