नेरूडे मिर्मिरे लघुवित्तले ग्राहक संरक्षन कोष अन्तर्गत राहत रकम वितरण

Logo
जय कामत प्रकाशित मंगलबार, जेठ २८, २०८२

विराटनगर — नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बिराटचोक अन्तर्गत केन्द्र नं. १६६ र केन्द्र नं. १५६ का सदस्यहरुलाई ग्राहक संरक्षन कोषमार्फत राहत रकम वितरण गरिएको छ।

बेलबारी नगरपालिका–११ निवासी केन्द्र नं. १६६ की सदस्य कुलदेवी भुसालका ससुराको निधन र केन्द्र नं. १५६ की गीता भट्टराईको सुत्केरी भएकाेले संस्थाले राहत स्वरूप नगद सहायता उपलब्ध गराएको हो।

कार्यक्रम शाखा प्रमुख भीम प्रसाद आचार्यको हातबाट वितरण गरिएको थियो। कुलदेवी भुसालका परिवारलाई ५,००० रुपैयाँ र गीता भट्टराईलाई २,००० रुपैयाँ नगद उपलब्ध गराइएको शाखाले जनाएको छ।

राहत वितरण कार्यक्रम केन्द्र बैठकका क्रममा सम्पन्न भएको थियो। कार्यक्रममा कर्मचारी यम कुमार कामत र सुजता कुमारी सरदारले सहजीकरण गरेका थिए। साथै, वितरण समारोहमा केन्द्रका सदस्यहरु, अभिभावक तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

संस्थाले यस्तो किसिमको सहयोगले विपत्तिमा परेका आफ्ना सदस्यहरुलाई केही राहत मिल्ने र सामाजिक उत्तरदायित्वलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश