विराटनगरमा प्रहरी असईमाथि घुस लिएको आरोप, जिम्मेवारीबाट हटाइए

Logo
जय कामत प्रकाशित बुधबार, जेठ २२, २०८२

विराटनगर – मोरङको विराटनगरमा कार्यरत नेपाल प्रहरीका एक जना जुनियर अधिकृत (असई) रामअवतार यादवमाथि घुस लिएको आरोप लागेको छ। आरोप पुष्टि नहुन सके पनि उनलाई हाल जिम्मेवारीबाट हटाइएको छ।

वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत असई यादवले केही दिनअघि मात्र सीआरभी (CRV) केस लियाका इन्चार्जको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि सो पदमा असई रूपेश सिंह कार्यरत थिए।

सुनसरीको देवानगन्ज गाउँपालिका–७ का इन्द्रदेव यादवसँग १३ हजार रुपैयाँ घुस लिएको आरोप रामअवतारमाथि लागेको हो। इन्द्रदेवले विराटनगर–१८ स्थित आफ्ना आफन्तबाट सापटी दिएको १ लाख ७५ हजार रुपैयाँ लिएर फर्किने क्रममा असई यादवले नियन्त्रणमा लिई धम्की दिँदै पैसा लिएको आरोप लगाएका छन्।

स्रोतका अनुसार, शनिबार राति करिब ८:३० बजे सीआरभीको गाडीमार्फत इन्द्रदेवलाई नहरतिर लगेर करिब दुई घण्टासम्म नियन्त्रणमा राखी ब्ल्याकमेल गरिएको जनाइएको छ। इन्द्रदेवले ‘यति धेरै पैसा बोकेर हिँड्न पाइँदैन, मुद्दा चलाइयो भने जेल जानुपर्ने’ जस्ता धम्की दिई पैसा लिन बाध्य बनाएको बताएका छन्।

घटना बाहिरिएपछि असई यादवलाई गत सोमबार सीआरभीबाट हटाई जिल्ला प्रहरी कार्यालय मोरङ तानिएको छ। हाल उक्त जिम्मेवारी असई शिव प्रधानलाई दिइएको छ।

यद्यपि, असई यादवले घुसस्वरूप लिएको भनिएको रकम भने हालसम्म बरामद हुन सकेको छैन। घटनाबारे अनुसन्धान गर्न डीएसपी कोपिला चुँडालको नेतृत्वमा समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनका अनुसार, आरोप पुष्टि भइनसकेको र छानबिन जारी रहेको छ। “व्यावसायिक तवरबाट काम नगरेको गुनासो आएकाले जिम्मेवारीबाट हटाएर छानबिनमा ल्याइएको हो,” एसपी चिमरियाले भने, “निष्कर्ष अनुसार आवश्यक कारबाही हुनेछ।”

यस घटनाले प्रहरी संगठनभित्रको शुद्धिकरण र जवाफदेहिता सुनिश्चित गर्न थप चासो र चुनौती उत्पन्न गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश