पथरी शनिश्चरेमा बालकको लिङ्ग काटिएको घटना: ग्रेन्डरले जिस्किने क्रममा गम्भीर घाइते

Logo
जय कामत प्रकाशित बुधबार, जेठ २२, २०८२

विराटनगर –मोरङको पथरी शनिश्चरे नगरपालिका–६ मा एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन्। ४८ वर्षीय मही चौधरीले ग्रेन्डर मेसिन प्रयोग गरेर बालकको लिङ्गको अगाडिको भाग काटिदिएका हुन्। घटना सोमबार बेलुका भएको हो।
प्रहरीका अनुसार चौधरी ग्रील पसल सञ्चालन गर्छन्। पसलमै ग्रेन्डर मेसिन (फलाम काट्ने यन्त्र) प्रयोग गरेर जिस्किने क्रममा उनले बालकको लिङ्ग काटेका हुन्। ‘काटिदिउँ भनेर जिस्काउने क्रममा अनायासै ब्लेडले छोइँदा यस्तो घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।
घाइते बालकलाई तत्कालै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। बालकलाई अस्पतालसम्म चौधरी स्वयं लिएर गएका थिए। अस्पतालमा बालकको शल्यक्रिया भइरहेको र अवस्था खतरामुक्त नभएको जनाइएको छ।
प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। घटना जिस्किने क्रममा भएको भनिए पनि लापरवाहीको गम्भीर मुद्दा उठ्न सक्ने प्रहरी स्रोत बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश