निषेधित एरिया प्रबेश गर्न खोज्दा राजावादी र प्रहरीले झडप, कमल थापा पक्राउ

Logo
जय कामत प्रकाशित आइतबार, जेठ १९, २०८२

विराटनगर – राजधानीको नारायण चौरमा आइतबार राजावादीहरूको आन्दोलन तेस्रो दिनमा प्रवेश गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। संयुक्त राजावादी आन्दोलन समितिको नेतृत्वमा आयोजित जुलुस निषेधित क्षेत्रतर्फ अघि बढ्ने क्रममा झडप भएको हो।

प्रदर्शनकारीहरूले नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्ने उद्देश्यले जुलुस अघि बढाएका थिए। सुरक्षा व्यवस्था कडा बनाइएको क्षेत्रतर्फ जुलुस प्रवेश गर्ने प्रयास भएपछि प्रहरीले अवरोध गरेको थियो। सोही क्रममा दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो।

झडपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापालाई पक्राउ गरेको छ। घटनास्थलमा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो।

प्रदर्शन अघि आयोजित सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएका थिए। उनका अनुसार, “शान्तिपूर्ण रूपमा हाम्रो आवाज उठाउने अधिकार कुण्ठित भए प्रतिरोधमा जान्छौं।”



राजावादीहरूले जेठ १५ गतेदेखि संघीयता र गणतन्त्रविरुद्ध आन्दोलन सुरु गरेका हुन्। उनीहरू राजतन्त्र पुनःस्थापनाको माग गर्दै आएका छन्।

प्रहरी प्रशासनले निषेधित क्षेत्रमा प्रवेश नगर्न बारम्बार आग्रह गरे पनि आन्दोलनकारीले अटेरी गरेपछि झडप भएको जनाएको छ। हाल अवस्था सामान्य रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश