हात्ती, बाँदरपछि चितुवाको त्रास: झापा मेचीनगरका बासिन्दा निरन्तर आतङ्कमा

Logo
जय कामत प्रकाशित आइतबार, जेठ १९, २०८२

विराटनगर – हात्ती र बाँदरको आतंकसँग वर्षौंदेखि जुधिरहेको झापाको मेचीनगर नगरपालिका–२ र ४ मा अब चितुवाको त्रासले थप तनाव सिर्जना गरेको छ। पछिल्ला १५ दिनयता दैनिकझैं चितुवाले स्थानीयवासीका बाख्रा र सुँगुर मार्न थालेपछि स्थानियबासिन्दाहरू गहिरो चिन्तामा परेका छन्।
मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालका अनुसार चितुवा दिनभरि चिया बगान र निजी वन क्षेत्रमा लुकेर बस्ने गर्छ भने साँझ परेपछि गाउँ पस्छ। “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगुर तानेर खाइरहेको छ। अब बालबालिका कसरी जोगाउने भन्ने चिन्ता छ,” वडाध्यक्ष बरालले बताए।
बरालका अनुसार हालसम्म चितुवाले दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगुर मारिसकेको छ। स्थानीय श्रमिकहरू, बिहान-बेलुका बाटो हिँड्ने सर्वसाधारण र स्कुले बालबालिका समेत सम्भावित आक्रमणको डरले त्रसित छन्।
बाहुनडाँगी क्षेत्र पहिलेदेखि नै हात्तीको नियमित उपद्रव र बाँदरको अस्वाभाविक बिग्राले प्रभावित क्षेत्र हो। तर अहिले चितुवाको डरले समुदाय झन् समस्यामा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश