विराटनगर विमानस्थलमा डा. सुनिल शर्मा र सांसद डिकबहादुर लिम्बूलाई भव्य स्वागत

Logo
जय कामत प्रकाशित शुक्रबार, जेठ १७, २०८२

विराटनगर, -नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र मोरंग कांग्रेसका जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बूलाई आज बिहान विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ।

काठमाडौँबाट बिहान ८ बजे प्रस्थान गरेका डा. शर्मा मोरंगका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउन जिल्लामा प्रवेश गर्दा विमानस्थल परिसर कांग्रेस कार्यकर्ताको भीडले भरिएको थियो। युवा नेता, महिला संघ, तरुण दल, नेविसंघलगायतका भातृ संगठनहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति, नाराबाजी र फूलमालासहितको स्वागतले वातावरण उत्साहपूर्ण बनाएको थियो।

स्वागत कार्यक्रममा अनुशासित व्यवस्थापन, जोशिलो उपस्थिती र जनसागरले नेताहरूको लोकप्रियता र जनसमर्थन झल्काएको थियो।

कार्यक्रमपछि दुबै नेताले कार्यकर्ताहरूसँग सुमधुर संवाद गर्दै पार्टीको वर्तमान अवस्था, भावी रणनीति र जनताप्रतिको जिम्मेवारीबारे छोटो मन्तव्य दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश