

विराटनगर – मोरङको रानीस्थित नेपाल-भारत सीमाबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवक मोरङ उर्लाबारी नगरपालिका–४ निवासी २४ वर्षीय प्रसान भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८२ साल जेठ १५ गते साँझ करिब ५ बजे बिराटनगर महानगरपालिका–१६ हुलास चोक नजिकबाट भण्डारीलाई नियन्त्रणमा लिइएको हो। भारतबाट कुकुर डोर्याउँदै नेपालतर्फ पैदल आउँदै गरेका उनीप्रति संका लागेपछि सिमा प्रहरी चौकी (इप्रका) रानीबाट खटिएको टोलीले चेकजाँच गर्दा कुकुरको घाटीमा रहेको बेल्ट भित्र लुकाई राखिएको ३.३६ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र NITRAZEPAM लेखिएको ३५ चक्की ट्याबलेट फेला पारेको प्रहरीले जानकारी दिएको छ।
संयुक्त अपरेशन टोलीमा प्रहरी नायब निरीक्षक सुवास अधिकारी को कमाण्डमा ईप्रका रानी र प्रहरी हवल्दार कैलास दाहाल खत्री सहित लागुऔषध नियन्त्रण ब्युरो, विराटनगरका प्रतिनिधिहरू समेत सहभागी थिए।
पक्राउ परेका भण्डारीलाई कुकुरसहित इप्रका रानीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेद प्रकाश जोशिले जनाएका छन्।