

विराटनगर — हिजो दिउँसो करिब २:२० बजे कानेपोखरीबाट रङ्गेली तर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट एक १३ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना भएपछि पीडित पक्ष र बस व्यवसायीबीच क्षतिपूर्ति सम्बन्धी वार्ता नमिल्दा स्थानीयहरूले निचामारीमा टायर बालेर सडक अवरुद्ध गरेका थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालयमा पीडित परिवार, स्थानीय बुद्धिजीवी, प्रहरी प्रशासन तथा यातायात व्यवसायीबीच करिब ५–६ घण्टा लामो छलफल भएको थियो। छलफलपछि बालिकाको परिवारलाई ६ लाख ६० हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
दुई पक्षबीच क्षतिपूर्तिको सहमति भएपछि स्थानीयहरूले आन्दोलन फिर्ता लिएका छन् र सडक आवागमन सामान्य अवस्थामा फर्किएको छ।