

विराटचोक — नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विराटचोक अन्तर्गत केन्द्र नं. ६० मा आबद्ध वेलबारी नगरपालिका वडा नं. ०२ लालभित्ती निवासी अमृता माया तामाङलाई पाठेघरको शल्यक्रियापछि ग्राहक संरक्षण कोषबाट प्राप्त राहत रकम वितरण गरिएको छ।
उक्त कार्यक्रम शाखा प्रमुख भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। पीडित तामाङलाई नगद रु. १०,०००/- शाखा प्रमुख आचार्यको हातबाट प्रदान गरिएको थियो। राहत वितरण कार्यक्रममा केन्द्रका सदस्यहरू, पीडितकी अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी यम कुमार कामतले सहजीकरण गरेका थिए। संस्थाले पीडित सदस्यको कठिन समयमा साथ दिँदै सामाजिक उत्तरदायित्व पूरा गरेको देखिएको छ।
नेरूडे मिर्मिरे लघुवित्तले यस्तो किसिमको सहयोगले ग्राहकहरूमा विश्वास र सद्भाव बढाउने विश्वास व्यक्त गरेको छ।