सप्तरीमा विकासको नाममा धाँधली, अनुगमनमा गएका पत्रकारमाथि उपभोक्ता समितिको हमला

Logo
जय कामत प्रकाशित आइतबार, जेठ ०५, २०८२

विराटनगर  — मधेश प्रदेशको तिलाठी कोईलाडी गाउँपालिका–६ मा सञ्चालन भइरहेको विकास कार्यमा भ्रष्टाचार ढाकछोप गर्न उपभोक्ता समितिका सदस्यहरूले पत्रकारमाथि निर्घात हमला गरेका छन्।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालयको बजेटमा सञ्चालित माटो ग्राभल, ढलान तथा पोखरी संरक्षण जस्ता कामहरूमा गुणस्तरहीन सामग्री प्रयोग भएको आशंकामा स्थलगत अनुगमन गर्न गएका स्थानीय पत्रकार प्रकाश मण्डलमाथि आक्रमण गरिएको हो।

मण्डलका अनुसार, निर्माणस्थलमा पानीमै ढलान भइरहेको र पोखरीको रिटनिङ वालमा आवश्यक मापदण्ड नअपनाइएको देखेर उनले प्रमाण संकलन गर्ने क्रममा तस्वीर खिच्दा उपभोक्ता समिति र निर्माणमा संलग्न व्यक्तिहरू आक्रोशित भए।

पत्रकारमाथि आक्रमण गर्नेहरूमा पोखरी ठेकेदार राजा प्रसाद सिंहका छोराहरू नवीन सिंह र नितेश कुमार सिंह (सुमन) लगायतको संलग्नता रहेको मन्डलले जान्कारी दिएका हुन । उनीहरूले मण्डलमाथि हातपात मात्र होइन, मोबाइल, चेक समेत लुटेको पीडितपत्रकारले बताएका छन्।

स्थानीय   श्यामनारायण साहुले घटनाप्रति आक्रोश व्यक्त गर्दै भने, “अनुगमनका लागि गएका पत्रकारमाथि हमला हुनु निन्दनीय मात्र होइन, विकासका नाममा भइरहेको लुटलाई लुकाउने प्रयास हो।”

घटनाले स्पष्ट संकेत गर्दछ कि उपभोक्ता समिति निर्माणको नाममा जनताको करबाट आएको बजेटमा मनपरी गर्न तल्लीन छ। जब जनप्रतिनिधि र उपभोक्ता समिति आफैं पारदर्शिता दिन डराउँछन् र पत्रकारमाथि नै हमला गर्छन्, तब त्यो भ्रष्टाचारको गम्भीर संकेत हो।

स्थानिय सञ्चारकर्मी संघ, मानवअधिकारकर्मी तथा नागरिक समाजले दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्। पत्रकार मण्डलले प्रहरीमा उजुरी दिने तयारी गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश