१०२ वर्षीय मोहन दासको निधन, लामो समयसम्म रामजानकी मन्दिरका पुजारी थिए

Logo
जय कामत प्रकाशित सोमबार, बैशाख २९, २०८२

बिराटनगर—श्रीराम जानकी मन्दिर, बिराटनगर–१ का पूर्व पुजारी मोहन कामत (दास) को १०२ वर्षको उमेरमा आज निधन भएको छ। वि.सं. २०४० सालदेखि झन्डै दुई दशकसम्म उनले रामजानकी मन्दिरमा पुजारीको रुपमा सेवा गर्दै आफ्नो जीवन भगवान श्रीराम र सीतामा समर्पित गरेका थिए।

उनको निधनले धार्मिक क्षेत्रले एक समर्पित साधक गुमाएको छ। दासको पार्थिव शरीरलाई आज अन्त्येष्टिका लागि परोपकार घाट बिराटनगर मा व्यवस्थापन गरिएको थियो। अन्त्येष्टिमा नेकपा एमालेका पूर्व मोरङ अध्यक्ष बिनोद ढकाल, सागर थापा लगायतका नेताहरूको उपस्थिति थियो।

मोहन दासको जीवन धार्मिक समर्पण, अनुशासन र सेवा भावले भरिएको थियो। स्थानीयबासी र भक्तजनहरूले उनलाई एक सरल, सत्यनिष्ठ र निष्ठावान व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश