मोरङको ग्रामथानमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Logo
जय कामत प्रकाशित सोमबार, बैशाख २९, २०८२

विराटनगर – मोरङको ग्रामथान गाउँपालिका–२ बतराहीमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।

आरएमसी इँटा उद्योगबाट इँटा लोड गरी गइरहेको को १ त ७४२५ नम्बरको ट्याक्टर खेतमा दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका–५ का २० वर्षीय राहुल सरदारको ज्यान गएको हो।

प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई सोही उद्योगको ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेल्ने क्रममा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरिएको डालीमा ठोक्किएको थियो। त्यस क्रममा चालक सरदार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल कोशी अस्पताल विराटनगर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुवै सवारी चालकको लापरवाहीले दुर्घटना भएको जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश