धरानबाट चोरी भएको बस विराटनगरमा फेला

Logo
जय कामत प्रकाशित मंगलबार, बैशाख १६, २०८२

विराटनगर – धरानबाट चोरी भएको एक यात्रुवाहक बस विराटनगरमा फेला परेको छ। धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित एक ग्यारेजबाट हराएको प्रदेश १–०१–००९–७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ स्थित मंगलबारेमा फेला परेको हो।

शुक्रबार राति चोरी भएको उक्त बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ र तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको छ।

उक्त बस चोरी भएपछि खोजी गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको खोर्सानेसम्म पुगेको देखिएको थियो। मंगलबार विराटनगरको वडा नम्बर १२ को मंगलबारेमा वेवारिसे अवस्थामा बस देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

हाल बस चोरीमा संलग्न गिरोहको पहिचान र खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश