शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री   विद्या भट्टराईको राजीनामा

Logo
सुशान्त खबर प्रकाशित सोमबार, बैशाख ०८, २०८२

विराटनगर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आज पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार दिउँसो करिब ५ बजेतिर भेटेर उनले आफ्नो राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ।

स्वास्थ्यका कारणले मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जनाएको भए पनि प्रधानमन्त्रीको सचिवालयले भने यसबारे आधिकारिक जानकारी नआएको बताएको छ।

चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेका बेला मन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी हुन्। शिक्षासम्बन्धी ऐन पारित नभए आफू पदमा नबस्ने अडान मन्त्री भट्टराईले यसअघि नै सार्वजनिक रूपमा व्यक्त गरेकी थिइन्।

उनको राजीनामा हालको शिक्षा क्षेत्रको चर्को आन्दोलन र ऐन पारित गर्ने विषयमा सरकारको निष्क्रियता प्रति असन्तुष्टिको संकेतको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश