बराहक्षेत्र नगरपालिकामा जंगली हात्तीको बच्चा मृत फेला

Logo
सुशान्त खबर संवाददाता प्रकाशित शुक्रबार, जेठ १५, २०८३

बिराटनगर :- बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस खोलाको दह क्षेत्रमा जंगली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ।
बुधवार राति जब्दी क्षेत्रबाट जंगलतर्फ बथानसहित गइरहेका बेला हात्तीको बच्चा (छावा) पानीको दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
स्थानीयवासीले दह क्षेत्रमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान भइरहेको छ। मृत हात्तीको बच्चाको शव परीक्षणपछि मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश