

बिराटनगर वडा नं. १ स्थित परोपकार घाटमा गएराति बेवारिसे अवस्थामा बजाज कम्पनीको पल्सर १५०cc मोटरसाइकल फेला परेको छ।
प्रदेश १-०२-०४४ प ८७५९ नम्बरको उक्त मोटरसाइकल स्थानीयबासीका अनुसार, दुर्गा चोकबाट मलामीहरुआएका थिए । मलामीहरू आफ्नो गन्तव्यतर्फ फर्किसकेपछि पनि उक्त मोटरसाइकल अझै घाटमै रहेको छ।
स्थानीयहरूले बिहान पख मोटरसाइकल फेला पारेका हुन्। कुनै पनि व्यक्ति उक्त मोटरसाइकल खोज्न नआएकाले घटनाबारे स्थानीयहरू अन्योल र त्रासमा रहेका छन्।
घटनाको प्रकृति रहस्यमय देखिएको छ। स्थानीयहरूका अनुसार, उक्त मोटरसाइकल कतैबाट चोरेर ल्याई परोपकार घाटको गेटमा छाडिएको हुनसक्ने वा जानाजानी त्यहाँ छोडिएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी प्रशासनलाई घटनाबारे जानकारी गराइएको छ। स्थानीयहरू भने मोटरसाइकल लिएर चोरी वा आपराधिक क्रियाकलापसँग सम्बन्धित हुनसक्ने आशंका व्यक्त गरिरहेका छन्।
मोटरसाइकल कसको हो र किन त्यहाँ छाडिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।