मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख,  राजन लम्सालले विराटनगरलाई व्यवस्थित सहरको रूपमा स्थापित गर्ने उद्देश्य राख्दै कामको थालनी गरेका छन्।

Logo
जय कामत प्रकाशित सोमबार, आश्विन ०७, २०८१

बिराटनगर । भाद्र २६ गतेदेखि मोरङ ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका लम्सालले अस्तव्यस्त अवस्थामा रहेको विराटनगरको सडक व्यवस्थापनलाई सुधार गर्न व्यापक योजना अघि सारेका छन्। उनले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालीहरूको महान् चाड, विजया दशमी र शुभ दीपावलीलाई लक्षित गरेर विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको जानकारी दिए।

लम्सालले कार्यभार सम्हालेपछि विराटनगरको ट्राफिक चौकीलाई मुनालपथस्थित नयाँ कार्यालयमा स्थानान्तरण गरिएको छ। पत्रकार सम्मेलनमा उनले सिटी सफारीको अव्यवस्थित सञ्चालनलाई प्रमुख समस्या रहेको बताए। “सिटी सफारी चालकहरूले न दर्ता गराउँछन् न नवीकरण नै गर्छन्। लाइसेन्स लिनेको संख्या पनि न्यून छ,” लम्सालले भने।

सडकमा यात्रुहरूलाई बीचमा नै रोक्ने, जथाभावी पार्किङ गर्ने जस्ता कार्यले दुर्घटनाको जोखिम बढाएको र अन्य सवारी साधनहरूलाई अवरोध पुर्याएको उनले उल्लेख गरे। सिटी सफारीहरूको संख्या संकलन गरी त्यसलाई व्यवस्थित बनाउन स्थानीय सरकार, विशेष गरी विराटनगर महानगरपालिकासँग सहकार्य भइरहेको उनले जानकारी गराए।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना रहेको लम्सालले जानकारी गराए।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश