पैगंबर हजरत मोहम्मदको १४९९ औं जन्मोत्सव धूमधामका साथ बिराटनगरमा  मनाइयो

Logo
जय कामत प्रकाशित सोमबार, भाद्र ३१, २०८१

बिराटनगर । बिराटनगरमा आज इस्लाम धर्मका अन्तिम पैगंबर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १४९९ औं जन्मोत्सव (मोहम्मद जयन्ती/१२ रबी-उल-अव्वल) को शुभ अवसरमा आज बिराटनगरको विभिन्न महजितमा  यस पवित्र दिनलाई भव्यताका साथ मनाएका छन्।

यस अवसरमा विभिन्न धार्मिक कार्यक्रम, सभाहरू तथा समाजसेवाका कार्यहरू गरी पैगंबर मोहम्मदको शिक्षा र उपदेशलाई स्मरण गरिएको छ। इस्लाम धर्मावलम्बीहरूले पैगंबरको जीवन, उनका उपदेश र इस्लाम धर्मको शान्ति तथा भाइचाराको सन्देशलाई पुनः एक पटक सम्झँदै एक आपसमा शुभकामना आदान-प्रदान गरेका छन्।

देशका विभिन्न मस्जिदहरूमा विशेष प्रार्थना सभा, कुरान पाठ, तथा इस्लाम धर्मका आदर्शहरूलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू पनि सम्पन्न गरिएका छन्। यस पर्वले इस्लाम धर्मावलम्बीहरूबीच एकता, भाइचारा र सहिष्णुताको भावना अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश