नेरुडे लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीले पाए आस्वासन

Logo
सुशान्त खबर प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

विराटनगर:-विराटनगरमा प्रमुखकार्यलय रहेको नेरुडे लघुवित्त संस्थामा कार्यरत कर्मचारीयुनियनमा आवद्ध कर्मचारिहरुले फगुन ४ गतेबाट अनिश्चित कालकालगी ताला बन्दी गरेका थिए । फागुन ७ गते बसेको व्यवस्थापन समितिको पहलमा बसेको बैठकले यश पटक आन्दोलन रोकिएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक श्री भाग नारायण साहुको संयोजकत्वमा गठित बार्ता कमिटि र कर्मचारी युनियनका प्रतिनिधिहरुका बिच युनियनका कर्मचारीहरुको बैठकले सफलता पाएको हो ।

कर्मचारी बढुवा सम्बन्धमा २०८० फाल्गुन २५ गते सम्म कर्मचारी बढुवाको विषयमा टुङ्गो लगाउने वार्ताटोलिका एक कर्मचारिले बताए ।

४ ग्रेड सम्बन्धमा कर्मचारी युनियन र व्यवस्थापन पक्ष बीच ४ ग्रेड लगायत अन्य सेवा सुविधा सम्बन्धमा यस अधि भएको सहमती अनुसार कर्मचारीको तलव समायोजन गर्दा तलब भत्ता सुविधा बुद्धि नभएका नेरुडेका कर्मचारीहरुलाई एकिकृत कारोबार शुरु भए पछि पाउने गरी यो मितिमा खाईपाई आएको ग्रेडमा ४ ग्रेड थप गरेर तलब समायोजन गर्ने सम्बन्धमा संयुक्त मर्जर समितिवाट निर्णय गर्नु पर्ने भएकोले सो गराई कार्यन्वयन गर्नुपर्ने र तत्काल चार ग्रेडको विषय सयुक्त मर्जर समितिबाट निर्णय हुननसकी एकिकृत कारोबार भई समान तलव भत्ता तथा अन्य सुविधा लागु हुने अवस्थामा चार ग्रेड वा सो को सट्टा अन्य विकल्प कार्यान्वयन गराउने सम्बन्धी संचालक समितिका प्रतिबद्धता गरेको छ ।

४ ग्रेड को सट्टा अन्य विकल्पमा जानु पर्ने भए कर्मचारी युनियन, व्यवस्थापन पक्ष बिच आपसी सहमती अनुसार काम गर्ने बताए ।

कर्मचारी युनियनले घोषणा गरेका बिरोधका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी नियमित काम कार्यवाही सुचारु गर्ने गराउनेमा सहमत भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश