

धनकुटा:- महिला दिदिबहिनिहरूलाई सिप सिकाएर सक्षम बनाउने उद्देश्यले वडा नम्वर ४ पाख्रबासमा सिपमुलक तालिम उद्घाटन गरिएकाे छ ।
न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द्र धनकुटाकाे आयाेजना एवं ४ नम्वर वडा कार्यलय पाख्रिबासकाे सहयाेगमा पाख्रिवासमा पाँच दिने महिला क्षमता विकास कार्यक्रम सञ्चालन भएकाे हाे ।
शाेमबार बाट शुरू भएकाे उक्त तालिम शुक्रबार समापन गरिने पाख्रिवास नगरपालिका ४ नम्वर वडा सचिव ईन्दु भुसालले जानकारी गराए ।
पाख्रिवास नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सन्ताेष मानन्धरकाे प्रमुख आतिथ्यता एवं न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द्र कि प्रतिनिधि कार्यक्रम संयाेजक काेकिला भण्डारीकाे अध्यक्षतामा उद्घाटन गरिएकाे उक्त तालिममा वडा नम्वर ४ पाख्रिवासका १२ जना महिला दिदि वहिनिहरूकाे सहभागिता रहेकाे थियो ।
उक्त तालिममा कुसन, गलैचा, गमला, फुलदानीलगायतका सामाग्री बनाउने सिप सिकाईने कार्यक्रम संयाेजक भण्डारीले बताइन ।
पाख्रिवास स्थित ब्रह्मा कुमारी राजयाेग सेवा केन्द्रकाे हलमा उद्घाटन गरिएकाे तालिममा वडा सचिव ईन्दु भुसाल, ब्रह्मा कुमारी राजयाेग सेवा केन्द्र धनकुटाकि प्रमुख ब्रह्मा कुमारी निर्मला दिदि, पत्रकार, स्थानीय लगायतकाे उपस्थिति रहेकाे थियाे ।