नेरुडे लघुवित्त वित्तीय संस्थमा कार्यरत कर्मचारी आन्दोलनरत

Logo
जय कामत प्रकाशित शुक्रबार, मंसिर २९, २०८०

विराटनगर:-विराटनगरमा प्रमुखकार्यलय रहेको एक लघुवित्तमा कर्मचारीयुनियनमा आवद्धकर्मचारिहरुले भोलि देखि आन्दोलन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृतलाइ नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीले ध्यान अकर्सन गराउदा पनि कुनै वास्था नगरेको युनियनका कर्मचारिहरुको आरोप छ ।

कार्यलय र कर्मचारी बिच भएको सम्झौता कार्यान्वयन नभए सम्म आन्दोलन जारी रहने एक कर्मचरिले बताएको छ ।

कर्मचारी यूनियनका प्रतिनिधिहरु र नेरुडे लघुवित्त वित्तीय संस्था लि.का संचालक तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरु बीच कर्मचारी संगठनका तर्फबाट व्यवस्थापन पक्ष समक्ष राखिएका मांगहरु गत वर्ष मिति २०७९/१२/२९ र २०८०/०१/०९ गते दुवै पक्ष बिच छलफल गरी सम्झौता भएको थियो ।
व्यवस्थापनपक्षले केहीमांग तत्कालै लागु गरे पनि केहीमांगहरु २०८० असोज मसान्त सम्ममा युनियन प्रतिनिधिहरुको सहकार्यमा कार्यान्वयन गरिने व्यहोरा सहीतको सम्झौता भएको थियो ।
समय सीमा सम्ममा यस कर्मचारी युनियनले बारम्बार मौखिक तथा लिखित पत्राचार गरि मांग सम्बोधन गर्न ताकेता गरे पनि सोको बेवास्ता गर्दा यस कर्मचारी यूनियनले आन्दोलनको बाटो रोज्नु परेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश